काठमाडौ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य एक वर्ष यताकै न्यून बिन्दुमा झरेको छ । एक वर्ष अगाडि २०७८ जेठ १९ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार ९८ रहेकोमा यसको एक वर्ष पछि आज बिहीवार प्रतिकित्ता रु. ८१९ मा कारोबार भइरहेको छ । यसरी हेर्दा कम्पनीको शेयर मूल्य एक वर्ष अवधिमा ६० प्रतिशत भन्दा बढी घटेको देखिन्छ ।
कम्पनीले विगतमा आकर्षक लाभांश दिँदै आएकोमा आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश दिएको थियो ।
त्यसपछि कम्पनीको शेयर घट्दो क्रममा रहेको छ । कतिपय लगानीकर्ताले यो कम्पनीको मंहगोमा शेयर किनेका थिए । मंहगोमा शेयर किनेकाहरुको बोनस शेयरले घाटा कभर नगरेको बताएका छन् ।
प्रतिक्रिया