काठमाडौं - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १३औँ र १४औँ वार्षिक साधारण सभा एकैपटक बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १२ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ सञ्चालकको चयन गर्नेछ । जसमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट १ जना हुनेछन् ।
यसैगरी सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही जेठ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
प्रतिक्रिया