आजसम्म कायम शेयरधनीले मात्र किसान लघुवित्तको २० प्रतिशत बोनस पाउने, कहिले हुदैँछ साधारण सभा ?

३ बर्ष अगाडि

काठमाडौं- किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात जेठ १९ गते अन्तिम दिन हो। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली जेठ २० गते बुकक्लोज गर्ने भएको छ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो साधारण सभा डाकेको छ। सो सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुनेछ।

सो सभाले मर्जर तथा एक्विजिशन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, केन्द्रिय कार्यालय स्थानान्तरण, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया