काठमाडौं- कारोबारको चौथो कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.१९ अंक घटेर २१३०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३८ अंक घटेर २२३०.३५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा १४ स्टकको ८ लाख १८ हजार २०८ रुपैयाँ ४० पैसा बराबरको २ हजार ५१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।
प्रतिक्रिया