प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख ७५ हजार बढि कित्ता नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पौने ८ लाख बढी कित्ता सेयर थपिएको छ ।

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । यो कम्पनीको ७ लाख ७५ हजार ९८२.५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 
 
कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया