काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको धनगढीमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। बोनस सेयर वितरण र थप साधारण सेयर निष्कासन ९एफपीओ० गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
प्रतिक्रिया