शेयर बजारमा गिरावट आएपछि म्युचुअल फण्डहरुले लगानी भ्यालुमा गिरावट

४ बर्ष अगाडि

काठमाडौं - बैशाख महिनामा शेयर बजारमा गिरावट आएपछि म्युचुअल फण्डहरुले दोस्रो बजारमा शेयरमा गरेको लगानीको भ्यालु घटेको छ । हालसम्म सञ्चालनमा आएका फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत महिनाको तुलनामा फण्डहरुको शेयर भ्यालु घटेको देखिएको हो ।

म्युचुअल फण्डहरुको प्रमुख लगानीको क्षेत्र शेयर बजार भएको कारणले गर्दा बजारमा हुने उतारचढावले फण्डहरुको सूचकमा प्रत्यक्ष प्रभाव पार्ने फण्ड  सञ्चालनकहरुले बताउने गरेका छन् । त्यसैले नेप्से सूचकमा हुने उतार चढाव अनुसार नै फण्डहरुको नाफा नोक्सान निर्धारित हुने गरेको छ ।

बैंशाख महिनामा मात्रै नेप्से सूचक ६२.८३ अंकले गिरावट भएको छ । जसकारण पनि सूचिकृत फण्डहरुको शेयर भ्यालु र खुद सम्पति मूल्य (एनएभि) पनि सोही अनुसार घटेको देखिन्छ । 

चैत महिनाको तुलनामा बैंशाखमा म्युचुअल फण्डहरुको खुद सम्पति मूल्य ९एनएभि० मा गिरावट आएको छ । दोस्रो बजारमा सूचिकृत भएका फण्डहरुले सार्वजनिक गरेको विवरण अनुसार एनएभि सामान्य घटेको हो । 

बैशाखमा फण्डहरुको एनएभि औसत ०.२९ पैसाले घटेको वित्तीय विवरण सार्वजनिक भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया