काठमाडौं - स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ रु. ३०.३६ लाख (यूएस डलर २५०००) सहयोग प्रदान गरेको छ ।
किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ ।
यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल ‘फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’सँग मिल्दोजुल्दो छ।
सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ प्रमुख सुश्री प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सीईओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया