सिटिजन लाईफ इन्स्योरेन्सद्धारा ३ लाख ५० हजार मृत्यु दाबी भुत्तानी

३ बर्ष अगाडि

ताप्लेजुङ - सिटिजन लाईफ इन्स्योरेन्सले मृत्यु दाबी भुत्तानी गरेको छ ।  कम्पनीको ताप्लेजुङ शाखाले ३ लाख ५० हजार रुपैंया मृत्यु दाबी भुत्तानी गरेको हो । 

कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको मेरिङदेन गाउँपालिका वडा नंं। ३ खाम्लुङकी पदमकुमारी सेलिङको मृत्यु बापतको रकम मृतकका आफन्तलाई हस्तान्तरण गरेको छ ।

अमृतलाई बीमाङ्क बापत ३ लाख र मृतकको काजकिरिया खर्च बापत ५० हजार रुपैंया हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ताप्लेजुङ शाखा प्रमुख शर्मिला भण्डारीले बताईन् । 

सिटिजन बाल भबिष्य जीवन बीमा योजना अनुसार प्रस्तावकको मृत्यु भएमा मासिक आयलाभ देखि बीमालेख परिपक्व हुने मिति वा बीमितको मृत्यु जुन अघि हुन्छ,सो अवधि सम्मको बीमाङ्क रकमको १ प्रतिशतका दरले हुने रकम अनुसार ३ हजारका दरले मासिक रुपमा बीमित बच्चाको खातामा रकम जम्मा हुने छ ।

२ वर्ष अघि पदमकुमारीले छोरा सुदिशको ३ लाखको १५ वर्षे बिमा गरेकी थिईन् । सो योजना अन्तरगत अभिभावकको पनि स्वतः बिमा हुने गर्दछ । उनले दुई किस्ता बापत ४६ हजार पाँच सय ८४ रुपैंया ईन्स्योरेन्समा बुझाएकी थिईन् । यस योजना अन्तरगत प्रस्तावकको मृत्यु भएपछि सुदिशकोतर्फबाट भुक्तानी हुनुपर्ने बीमा बापतको प्रिमियम रकम अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफैंले व्यहोर्ने छ ।

अब सुदिशको खातामा मासिक रुपमा ३ हजार रुपैंया इन्स्योरेन्स कम्पनीले जम्मा गरिदिने छ भने अबको १३ बर्ष सम्म कम्पनी आफैंले बिमित व्यक्तिको प्रिमियम शुल्क बापतको २३ हजार २ सय ९२ रुपैंयाका दरले रकम तिरिदिने सिटिजन लाइफ इन्स्योरेन्सले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया