एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत रु. १० लाख बीमा रकम भुक्तानी

३ बर्ष अगाडि

एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो । निजको पति भगौती प्रसाद राइदासलाई यस बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तलक सुन्दर काकीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. १ करोड ८० लाख, दुर्घटना बीमा वापत रू. ३ करोड र मेडिकल बीमा वापत रू. २ करोड ६१ लाख गरी कुल रू. ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ । बैंकले हाल आएर सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकहरू सामू ल्याएको छ । यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सीपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया