काठमाडौं- सरकारले आगामी आर्थिक बर्ष २०७९/ ८०को बजेटमा दूरसञ्चार सेवा शुल्क घटाएपछि इन्टरनेटको शुल्का १७ रुपैयाँले घट्ने भएको छ ।
जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको शुल्क घटाउने घोषणाा गरेको थिए । सोही अनुसार दूरसञ्चार सेवा शुल्क बापत लाग्दै आएको १३ प्रतिशत करलाई १० प्रतिशतमा झारेपछि इन्टरनेटको शुल्क घट्ने भएको हो ।
इन्टरनेट सेवाप्रदायक संघ नेपालले एक विज्ञप्ती जारी गर्दै कर परिवर्तनले लगभग १७ रुपैयाँले इन्टरनेट शुल्क सस्तो हुने जानकारी दिएको छ ।
प्रतिक्रिया