उच्च ब्याजदर सहित बैंक अफ काठमाण्डू लिमिटेडको बिओके प्रिमियम प्लस बचत खाता सार्वजनिक

३ बर्ष अगाडि

ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बिओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन्  ।

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकहरुले ८.०३%को उच्चतम ब्याजदर पाउनेछन्  । साथै, रु. १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहक महानुभावहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ । ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, Balance Certificate, Demat Account, E-commerce Activation, ABBS, खाताको विवरण, मेरो सेयर Connect IPS, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ । 

यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन । 
-    वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।  
-    न्यूनतम् मौज्दात रु १०,०००।  
-    त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।  
-    निशुल्क चेक बुकको ब्यवस्था । 
-  Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।  
-    सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
-  विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक E-Commerce Activation सेवा निशुल्क प्रदान गरिने । 
-    ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने । 
-    पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा । 
-    निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
-    पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा । 
-    पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको सुबिधा ।
-    पहिलो वर्ष निःशुल्क ऋयललभअत क्ष्एक् सुबिधा । 

साथै, बैंकको ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा ग्राहकहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया