मनकामना स्मार्ट लघुवित्तको रेटिङ इक्राद्धारा पुनःपुष्टि

३ बर्ष अगाडि

काठमाडौं, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इक्रा नेपाल लिमिटेडले विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले स्पष्ट पारेको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया