राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा  १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन्। 

सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकारमा यात्रा गर्दा बैंकका कर्मचारी तथा डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकलाई केबलकारले भाडा रकममा १० प्रतिशत छुट दिने छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया