साताको तेस्रोको कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३५.५३ अंक घटेर २१३७.९२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको छ ।
आज शिखर इन्स्योरेन्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीले गत आवको मुनाफाबा शेयरधनीहरुलाई लाभांश नदिने आज घोषणा गरेसँगै लगानीकर्ताहरुले धमाधम शेयर बेच्न लागेका हुन् । यसकारण आज कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट हानेको हो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ७.२५ प्रतिशत, गुराँस लघुवित्तको ७.०१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ६.८० प्रतिशत र मानुषी लघुवित्तको ४.७२ प्रतिशतले शेयर घट्न पुगेको छ ।

प्रतिक्रिया