नेप्सेले आज पनि ओरालो यात्रालाई निरन्तरता दियो, कारोबार रकममा पनि गिरावट

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रोको कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ । 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३५.५३ अंक घटेर २१३७.९२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको छ । 

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से इन्डेक्स घटेसँगै शेयरको मात्रा र कारोबार संख्या दुवै घट्न पुगेको छ । 

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल इन्भेष्टमेन्ट बैंकको भएको खरिदबिक्री भएको छ । बैंकको आजमात्रै १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ६८ लाख, शिखर इन्स्योरेन्सको ३ करोड ७८ लाख, एनआइसी एशिया बैंकको ३ करोड २० लाख रुपैयाँ र अरुण काबेली पावरको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया