फेसबुक, नेटफ्लीक्स, अमेजन, ट्विटर, युट्युब, इन्स्टाग्रामजस्ता नेपालमा प्रचलित सामाजिक सञ्जाल अब करको दायरामा आउने

३ बर्ष अगाडि

काठमाडौं - फेसबुक, नेटफ्लीक्स, अमेजन, ट्विटर, युट्युब, इन्स्टाग्रामजस्ता नेपालमा प्रचलित सामाजिक सञ्जाल तथा ओभर दी टप (ओटीटी) प्लेटफर्म अब करको दायरामा आउने भएका छन् । 

विगत केही वर्षदेखि नै नेपालमा प्रचलित यस्ता विद्युतीय सञ्जाललाई करको दायरामा ल्याउने चर्चा भए पनि सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत पहिलो पटक कर प्रणालीमा समावेश गरेको हो । 

आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन सरकारले करको दायरा विस्तार गर्ने क्रममा पहिलो पटक यस्ता सेवालाई पनि नेपालको कानुनी दायरामा समेटेको हो । यससँगै यस किसिमका कुनै पनि सञ्जालले नेपालभित्र आर्थिक क्रियाकलापमार्फत आयआर्जन गरेमा नेपाललाई कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्नेछ । 

“नेपालबाहिरबाट विद्युतीय सञ्जालको प्रयोग गरी नेपालभित्र आर्थिक क्रियाकलाप सञ्चालन हुने क्रम बढ्दै गएको सन्दर्भमा त्यस्ता व्यवसाय वा कारोबारलाई करको दायरामा ल्याउने व्यवस्था मिलाएको छु,” अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आइतबार पेस गरेको बजेटमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया