नेपाल इन्स्योरेन्सको सिईओमा बीरकृष्ण महर्जन नियुक्त

३ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत रहेको बीरकृष्ण महर्जन आजबाट सो कम्पनीको सिईओमा बढुवा भएका छन् । बीमा समितिको स्वीकृतिमा छ महिने कुलिङ पिरियड सकिएपछि उनी आजबाट सिईओ बनेका हुन् । 

बीमा समितिबाट जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले आज बुधबारदेखि कायम हुने गरी आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरे अनुसार उनले आजबाट पदभार ग्रहण गरेका छन् ।

यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका महर्जन छ महिनाको कुलिङ पिरियड छल्न नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओ बनेका थिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया