काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले विभागीय प्रमुख अन्तर्गतको लेखा तथा वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि विभाग, अनुपालना तथा सामान्य सेवा विभाग, जनशक्ति व्यवस्थापन विभाग र आन्तरिक लेखा परिक्षण विभागमा एक–एक जना कर्मचारी माग गरेको छ ।
साथै लघुवित्तले सहायक/प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख अन्तर्गतका लागि स्नातक देखि स्नाकोत्तर सम्मको शैक्षिक योग्यता र प्रशिक्षार्थीका लागि एसएलसी उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले असार २ गतेभित्र सम्पूर्ण आवश्यकीय कागजात संकलन गरी कम्पनीको इमेल [email protected] वा कम्पनीको वेबसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया