ताप्लेजुङ - ताप्लेजुङको आठराइ त्रिबेणी गाउँ कार्यपालिकामा एमालेले बहुमत जुटाएको छ ।
१३ सदस्यीय कार्यपालिकामा ५ वटा वडामध्ये एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्रका एकजना सदस्य बाहेक अरु सबै १२ जना एमालेका रहने छन् । त्यहाँ एमालेले अध्यक्ष र उपाध्यक्षसहित ५ मध्ये ४ वटा वडामा विजय हासिल गरेको थियो ।
निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ जनामा बिष्णुकुमारी तामाङ, शान्ता गुरुङ, शारदाकुमारी बिमली र सीता बराईली निर्वाचित भएका छन् । यस्तै दलित वा अल्पसंख्यकतर्फका मतदातामध्येबाट कार्यपालिकामा जाने २ जनामा मनकुमारी नेपाली र सन्तोष राई निर्वाचित भएका छन् ।
निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा जाने ४ र दलित वा अल्पसंख्यकमध्येबाट कार्यपालिकामा जाने २ पदमा निर्वाचित हुने सबै एमालेका हुन् ।
प्रतिक्रिया