काठमाडौं - सेन्ट्रल फाइनान्स लिमिटेडको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ।
विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार ४९० कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो । बिक्रीमा राखिएको सेयरमा सर्वसधारणले खरिद आवेदन दिन पाउनेछन् ।
यसअघि संस्थापक सेयरधनीहरुलाई यी सेयर खरिदका लागि राखिएको कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । बिक्रीमा राखिएको सेयर खरिदका लागि ३५ दिनभित्र कम्पनीको सेयर रजिस्ट्रार एनएमबि क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा आवेदन दिन पनि कम्पनीले सूचित गरेको छ ।
प्रतिक्रिया