काठमाडौं - अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर आजबाट लिलामीमा राखेको छ ।
अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामीमा राखेको हो । गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागिएको हो ।
यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन ।
प्रतिक्रिया