एनसीसी बैंकको पौने २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा,  ३५ दिनभित्र खरिदका लागि आवेदन दिनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको पौने २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा आएको छ ।

बैंकका संस्थापकहरुको कुल १ लाख ९२ हजार ६२६ कित्ता सेयर बिक्रीमा आएको हो । जसमा संस्थापक मानाङ्क इन्भेस्टमेन्ट प्रालिको १ लाख ३ हजार ३९ कित्ता, बोधप्रसाद त्रिपाठीको ५४ हजार कित्ता, श्यामबहादुर महर्जनको १५ हजार २५१ कित्ता, ठगेन्द्र लक्ष्मी केसीको ७ हजार ६२६ कित्ता, अनिता श्रेष्ठको ७ हजार ६२६ कित्ता र सुनिता नेवटियाको ५ हजार ८४ कित्ता रहेको छ । 

यी सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र खरिदका लागि आवेदन दिनुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया