कमिसन नआउने भएपछि तमोर जलासय युक्त आयोजना बजेटको प्राथमिकतामा परेन : योगेश भट्टराई

३ बर्ष अगाडि

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले तमोर जलासय युक्त आयोजना बजेटको प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाएका छन् ।  उनले कमिसन नआउने भएपछि उक्त आयोजनामा बजेट नपरेको बताएका हुन् ।

मंगलबार बजेटको शैदान्तिक छलफलमा सहभागी हुँदै उनले भने, ‘अर्थमन्त्रीले तमोर जलासय युक्त आयोजना निर्माणलाई प्राथमिकतामा राख्नुभएन । किन भने त्यो बनाउँदा कमिसन आउने ठाउँ छैन । त्यहाँ मुआब्जा दिने कम बस्ति छन् । कमिसन नआउने भएर नै त्यो आयोजना सरकारको प्राथमिकतामा परेन ।’

३ बर्ष अगाडि

प्रतिक्रिया