सेञ्चुरी कमर्सियल बैंकको थप २ नयाँ शाखा सञ्चालनमा आयो

३ बर्ष अगाडि

काठमाडौं - पछिल्लो समय शाखा विस्तारमा तीव्रता दिइरहेको सेञ्चुरी कमर्सियल बैंकले जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडानम्बर १ मा पथरी शाखा र सुनसरी जिल्लाको इनरुवा नगरपालिका २ भगवती रोडमा इनरुवा शाखा सञ्चालनमा ल्याएको हो  

पथरी शाखाको औपचारिक उद्घाटन बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वाफोले संयुक्त रुपमा गरेका थिए । 

अब सेञ्चुरी बैंकको देशभरको शाखा सञ्जाल संख्या १४६ पुगेको छ भने १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ इकाई र ११५ वटा एटीएम पुगेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया