चर्चित गायक केकेको निधन

३ बर्ष अगाडि

एजेन्सी - बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।

५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । 

त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ । अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । 

उनले पत्रकारहरूसँग भने, 'केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ ।' केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया