काठमाडौं - सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् ।
हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंकबाट बैंकिङ सुरु गरेका रायमाझीले नेपाल राष्ट्रबैंकलगायतविभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल एक्काइस बर्ष लामो बैंकिङ अनुभव रहेको छ ।
प्रतिक्रिया