सांग्रिला डेभलपमेन्ट बैंकका  ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा छूट, कति प्रतिशतसम्म ?

३ बर्ष अगाडि

सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा छूट पाउने भएका छन् । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देशभरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया