काठमाडौं- नेपाल स्टक एक्सचेञ्जले आज (मंगलबार) विन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य संमायोजन गरेको छ ।
नेप्सेले ९.३३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रु.९८७.८३ तोकेको छ । कम्पनीले सोमवार कायम अन्तिम शेयर मूल्य रु.१ हजार ८० को आधारमा शेयर मूल्य संमायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार जेठ १८ गते देखि ३० गते सम्म बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ९.३३ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ ३१ गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे हुने जानकारी दिएको छ ।
प्रतिक्रिया