ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई  मिनिसो र मिसियोमा १० प्रतिशतसम्म क्यासब्याक

३ बर्ष अगाडि

काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरहरुबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। 

बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो। यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम रु. ३०० सम्म ) क्यासब्याक पाउनेछन्। 

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरमा लागू हुनेछ। फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोर रहेका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया