नेप्सेमा दुई कम्पनीको २४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति ?

४ बर्ष अगाडि

काठमाडौं- मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

सपोर्ट लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

सपोर्ट लघुवित्तको १ लाख ९८ हजार कित्ता र नेको इन्स्योरेन्स कम्पनीको २२ लाख ८२ हजार ४५० दशमलव ६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेको इन्स्योरेन्स कम्पनीले गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी सपोर्ट लघुवित्तले गत पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो 

४ बर्ष अगाडि

प्रतिक्रिया