काठमाडौं- सरकारले मेलम्ची खानेपानी आयोजनाको मूल ढोका (गेट) फेरि बन्द गरेको छ । मनसुन सिजन नजिकिएसँगै मूल ढोका (गेट) बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । योसँगै काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण बन्द भएको छ ।
अब मनसुन सिजन सकिएपछि मात्रै आउँदो कात्तिकमा पानी काठमाडौं पठाइने समितिले जनाएको छ । गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।
प्रतिक्रिया