काठमाडौं, साताको दोस्रो कारोबारको दिन(मंगलबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ५०।३३ अंक घटेर २१७३।४४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३५.५३ अंकले घटेर २१३७.९२ को बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक एनआईसि एशिया बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्य ८.२३ प्रतिशतले बढेर एक हजार ४ सय ७५ रूपैयाँ ८० पैसा पुगेको छ ।
प्रतिक्रिया