काठमाडौं- साताको दोस्रो कारोबारको दिन(मंगलबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ५०।३३ अंक घटेर २१७३।४४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३५.५३ अंकले घटेर २१३७.९२ को बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक एनआईसि एशिया बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ५ करोड ३७ लाख ९८ हजार ८ सय रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ९८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ६८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड १३ लाख रुपैयाँ र सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया