मिरुनाविरुद्ध चलचित्र विकास बोर्डमा नाराबाजी,‘कबड्डी ४’को शो बन्द गर्न माग

३ बर्ष अगाडि

फिल्म ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै आइतवार सिभिल हलमा फुर्वा तामाङ (बौद्ध भिक्षु) लाई थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि तामाङ समुदायले विरोध जनाएका छन् । मंगलवार काठमाडौंको चाबहिलमा फुर्वाको रिहाइको माग गर्दै मिरुना मगर र ‘कबड्डी ४’विरुद्ध प्रदर्शन भएको छ । त्यस्तै, फिल्मको पोस्टर समेत जलाइएको छ ।  
 
यसैक्रममा, तामाङ युवाहरुले फुर्वाको रिहाईको माग गर्दै चाबहिलमा रहेको चलचित्र विकास बोर्ड घेराउ गरेका छन् । उनीहरुले फुर्वामाथि अभद्र र अपाच्य व्यवहार भएको भन्दै तत्काल रिहा गरेर मिरुनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेका छन् । पानीको प्रवाह नगरी उनीहरुले फ्यान र बुद्धिष्टहरुलाई सम्मान गर्नुपर्ने लेखिएको प्लेकार्ड बोकेर बोर्डमा प्रदर्शन गरिरहेका छन् । 
 
१५ जना तामाङ युवाहरुले बोर्डलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । सार्वजनिक रुपमा दुर्व्यवहार गर्ने मिरुना मगरले माफी माग्नुपर्ने अन्यथा कानुनी प्रक्रिया अगाडि बढाउन, माग पूरा नभएसम्म ‘कबड्डी ४’को प्रदर्शन बन्द गर्न, पुरुषमाथि हुने हिंसा बन्द गर्न, हलमा फुर्वामाथि अन्य दुई पुरुषले पनि हातपात गरेकाले उनीहरुलाई पनि माफी माग्न लगाउन पत्रमा उल्लेख गरिएको छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया