योगेश भट्टराईको अर्थमन्त्रीलाई प्रश्न : कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नु भएको हो ?

३ बर्ष अगाडि

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नु भएको हो ? भनि अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।

सचिव भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिसन नआउने भएर नै त्यसो गरिएको हो भनि गम्भिर आशंका व्यक्त गरे । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तरवार्ता दिँदा अर्थमन्त्रीहरुले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाईरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकीर गरे ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दावी गरे । उनले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि उत्पादक शक्तिहरुको विकास र उत्पादनका साधनहरुको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया