प्रि ओपन सेसनमै ओरालो लाग्यो नेप्से, २२३ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (मंगलबार)  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५०.३३ अंक घटेर २१७३.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४६ अंक घटेर २१७२.०२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५४ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६ स्टकको १ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको २२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य घटेको छ भने १ स्टकको मूल्य स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया