काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ निष्कासन गर्ने भएको छ । बैंकले जेठ २ गते नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासन गर्न अनुमति माग्दै आवेदन दिएको हो ।
बैंकले प्रति इकाई १००० रुपैयाँका दरले २० करोड रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ ।
त्यसमध्ये ८ लाख इकाइ सर्वसाधारणको लागि निष्काशन हुनेछ भने १२ लाख इकाइ व्यक्तिगत रूपमा वितरण हुनेछ ।
बैंकले निष्कास गर्ने ६ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले १०.५ प्रतिशत व्याज पाउनेछ ।
बैंकको ऋणपत्र निष्काशन लक्ष्मी क्यापिटल रहेको छ ।
प्रतिक्रिया