कुमारी धनवृद्धि योजनामा आवेदन दिने म्याद थपियो, १२ करोड इकाईमा कहिलेसम्म आवेदन अवधि ?

४ बर्ष अगाडि

काठमाडौं- कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनामा आवेदन दिने म्याद थपिएको छ।

जेठ १२ गतेदेखि निष्कासन गरिएको सो योजनामा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ।

यद्यपि, मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा सोभन्दा अगावै निष्कासन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्कासन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

४ बर्ष अगाडि

प्रतिक्रिया