राष्ट्र बैंकले रु.५० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ भोलिबाट बिक्री गर्दै, १२.५% ब्याज

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८४’ भोलि जेठ १८ गतेदेखि बिक्री खुला गर्ने भएको छ। 

राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो। यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।

यो बचतपत्रमा वार्षिक १२.५ प्रतिशत (ब्याजकर लाग्ने) ब्याज पाइनेछ। यो बचतपत्रको ब्याज भुक्तानी ६÷६ महिनामा गरिनेछ भने ५ वर्षमा साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ।

लगानीकर्ताले आउँदो असार ६ गतेसम्म यो बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ता घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आउने रकमले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले काठमाडौँस्थित सिटिजन्स् बैंक इन्टरनसेनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर, आइएमई र एनएमबि बैंकमा गएर बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले वैदेशिक रोजगार बचत खरिद गर्नका लागि राष्ट्र बैंकको वेबसाइट धधध।लचद।यचन।लउ अन्तर्गत ःयलभतबचथ ःबलबनझभलत भित्र रहेको अनलाइन प्रणालीमार्फत पनि आवेदन पेस गर्न सक्नेछन्। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया