राष्ट्र बैंकले १ अर्ब ५० करोड रकम मुद्दती निक्षेपमा लगानी गर्ने, कुनमा कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७९ साल असार २ गतेदेखि २०८० साल जेठ ३२ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब २० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २२ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ७ करोड ५० लाख रुपैयाँ गरी कूल एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले जेठ १९ गते बिहान १० बजेदेखि राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया