काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको ११ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३१ रूपैयाँ ५३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ९० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको जेठ ६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ७३औँ वार्षिक साधारण सभा जेठ ३० गते, सोमबार, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको चैत्र ७ गते बसेको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत नगद लाभांश गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया