काठमाडौं- साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) केही समयको अन्तरमा दुई वटा मार्केट क्लोजिङको अंक देखाएको छ ।
३ बजे पछि नेप्से परिसुचक 'रिलोड' गरे हर्दा ४५.०९ अंकले घटेको शेयर बजार ३ः४५ मा पुन 'रिलोड' गर्दा ५०.३३ अंकले घटेको देखाएको छ ।
हामीले ३ः१५ सम्म मार्केट क्लोजिङ समाचार पर्दा सम्म ४५.०९ अंकले घटेर २१७८.६९को बिन्दुमा बन्द भएको बजार केही समय अर्थात ३ः४५ मा रिलोड गर्दा मार्केट ५०.३३ अंकले घटेर २१७३.४४ को बिन्दुमा झरेको छ । यद्यपि कारोबार रकम र शेयर कित्ता खरिदबिक्री भने ३ः१५ भएको नै छ ।
यस्तो त्रुटि हुने नेप्सेमा यो पहिलो पटक चाँही होइन समय समयमा नेप्सेमा यस्तै खाले समस्याले गर्दा लगानीकर्ता शेयर कारोबारमा मर्को पर्ने गरेको छ ।
प्रतिक्रिया