काठमाडौं- साताको पहिलो कारोबारको दिन(सोमबार) शेयर बजार भारी अंकले घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १५.८२ अंक घटेर २२२३.७८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४५.०९ अंकले घटेर २१७८.६९ को बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेसँगै शेयरको मात्रा र कारोबार रकम समेत घट्न पुगेको छ ।
आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको भएको छ । कम्पनीको आज एकैदिन ४ अर्ब ९६ करोड ३८ लाख ९७५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४१ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड २३ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड २ लाख रपैयाँ र नबिल बैंकको ३ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया