नेपाल पुनर्बीमा कम्पनीले माग्यो लेखापरीक्षक, १५ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह

३ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लेखापरीक्षकको माग गरेको छ । कम्पनीले बाह्य लेखा परीक्षणका लागि लेखापरीक्षकको माग गरेको हो ।

कम्पनीले प्रचलित कानून बमोजिम योग्यता पुगेका लेखापरीक्षक, फर्मबाट वरिष्ठता पेशागत प्रमाण पत्र प्राप्त लेखा परीक्षकलाई सूचना जारी भएको १५ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । 

प्रस्ताव गर्ने लेखापरीक्षकले कम्पनीले तोकेको लेखापरीक्षण शुल्क सहित शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया