काठमाडौं महानगरका मेयर बालेनले गरे पदभार ग्रहण, नगर कार्यपालिकाको बैठक ‘लाइभ’ गर्ने पहिलो निर्णय

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

यसअघि उनले एक समारोहमा पदको शपथ लिएका थिए ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया