सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लागि ८ अर्ब ५९ करोड

३ बर्ष अगाडि

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आठ अर्ब ५९ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९.८० को वार्षिक आयव्यय प्रस्तुत गर्दै ‘साइवर सुरक्षाको सुनिश्चतताः२१ औँ शताब्दीको आवश्यकता’ भन्ने अवधारणालाई कार्यान्वयन गर्न राष्ट्रिय साइवर सुरक्षा केन्द्रको कार्यलाई अगाडि बढाइने बताए ।

सरकारले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो, प्रभावकारी र सर्वसुलभ बनाउनाका साथै इन्टरनेट सेवालाई सर्वसुलभ रूपमा उपलब्ध गराउन इन्टरनेट सेवाको शुःल्क घटाउने भएको छ ।

त्यसैगरी श्रमजीवी पत्रकारलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइएको छ । सो सुविधा अनलाइन मिडियालाई समेत प्रदान गर्ने व्यवस्था गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया