साताको पहिलो कारोबार दिन(सोमवार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६५ अंक बढेको छ ।
प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार २२७ दशमलव ४३ बिन्दूमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २० कम्पनीको रू.५ लाख २८ हजार बराबरको शेयर खरीद विक्री भएको छ ।
प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ इन्स्योरेन्सको रु.१ लाख ३५ हजार बराबरको भएको हो ।
शुक्रवार नेप्से परिसूचक १५.२ अंक घटेर २२२३.७८ बिन्दमा झरेको थियो भने कूल रु.१ अर्ब २९ करोड बराबरको शेयर खरीद विक्री भएको हो ।
प्रतिक्रिया