आजसम्म कायम सेयरधनीले मात्र नेपाल इन्स्योरेन्सको ११.५८ प्रतिशत लाभांश पाउने, साधारण सभा कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्स्योरेन्स लिमिटेडको ११.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १७ गते मंगलबारदेखि ३० गतेसम्म सेयर दाखि खारेजी ९बुकक्लोज० गर्नेछ । कक्लोज अनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले जेठ ३० गते बिहान १० बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ११ प्रतिशत अर्थात १३ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया