मुस्ताङको मानापाथी हिमाल नजिकैको थासाङ २ सानो स्वारेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक राजकुमार तामाङले अधिकांशको शव क्षतविक्षत अवस्थामा घटनास्थलमा फेला परेको जानकारी दिए ।
नेपाली सेनाको टोलीसँगै दुर्घटनास्थलमा भर्खरै पुगेको प्रनि तामाङले केही शवहरु मात्र चिनिने अवस्थामा रहेको बताए ।
शवहरु संकलन गरेर पोखरा लैजाने तयारी भइरहेको छ ।
तारा एयरको सो विमान हिजो ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो । हिजो दिनभर खोजी गरिए पनि प्रतिकूल मौसमका कारण फेला परेको थिएन । तर, आज विहान स्थानीयवासीहरुको टोलीले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।
विमानमा ६ विदेशी यात्रुसहित १९ यात्रु र ३ चालक दलका सदस्य थिए।
प्रतिक्रिया